तान्त्रिक प्रयोजनको लागि मानिसको हत्या गरी शरिरका अंगहरू बेचबिखन गर्ने एक गिरोहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा जिल्लाको शुध्दोधन गाउँपालिका २ का नन्दबहादुर बस्नेत,सोही स्थानका बेलाल अहमद मुसलमान,अब्दुल कलाम मुसलमान,वडा नम्बर ५ का रामहव यादव,रुपन्देही बनकट्टाका कर्णबहादुर सुनार,पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–७ का खेमबहादुर मल्लसहित ६ जना रहेका छन् ।३९ देखि ६७ वर्ष उमेरका उनीहरूले मानिसको औंला काटेर बेचेमा प्रति औंला ८० लाख रुपैयाँसम्म पाइने भ्रम र प्रलोभन छर्दै आएका थिए । अधिकारीका अनुसार त्यसरी छरिएको भ्रमबाट विश्वास दिलाइएकामध्ये पछिल्लो रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ५ मा बस्दै आएकी सरजहाँ दर्जीको चैत १२ गते हत्या गरेका हुन् ।प्रहरीका अनुसार उक्त गिरोहले मृतक दर्जीलाई चैत १२ गते ललाई–फकाइ कपिलवस्तु शुध्दोधन गाउँपालिका–३ हर्दिहवामा बोलाएर हत्या गरी दुबै हातका औंलाहरू काटी लाश बोरामा हालेर बेतिया नदीमा फालिदिएका थिए । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या, शरीरका अंगहरू बेचविखन गर्ने संगठीत गिरोह पक्राउ
सवालनेपालसंवाददाताआइतबार, ५ वैशाख २०७८
तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या, शरीरका अंगहरू बेचविखन गर्ने संगठीत गिरोह पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



