उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत् रुपमा सञ्चालनमा आएको छ । पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसावले विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्ष देखि स्थापित पोखरा एम आर आइ डाइग्नोस्टिक सेन्टरले यो सीटी स्क्यान सेवाको प्रारम्भ गरेको हो । यो सिटी स्क्यान गण्डकी प्रदेशकै ठुलो सिटी स्क्यान हो ।विशेष गरी मुटु, मस्तिष्क फोक्सो, पेट र हात खुट्टाको रगतको नशाहरु लगायत शरीरका विभिन्न अंगहरुको क्यान्सर र बच्चाहरुको लागि कम विकिरण दिएर सीटी स्क्यान गर्ने सुविधा रहेको छ । यस सीटी स्क्यानको सुविधा २४ घण्टा नै उपलब्ध रहने बताइएको छ ।मुटुको रगत नशाको जाँच कोरोनरी एनजियोग्राफी गर्न काठमाडौंसम्म जान नपर्ने पोखराका वरिष्ठ डाक्टरहरुद्धारा सञ्चालित यस सेन्टरमा विगत ३ वर्षदेखि १.५ टेस्लाको एम आर आइ मेमोग्राफी, युएसजी, गाइडेड बायोप्सीको सुविधा उपलब्ध हुदै आइरहेको थियो ।यस डाइग्नोस्टिक सेन्टरले आइएसओ गुणस्तरको लागि प्रक्रियामा रहेको समेत जनाएको छ ।
उपत्यका बाहिर पहिलो पटक पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा
सवालनेपालसंवाददाताआइतबार, ५ वैशाख २०७८

उपत्यका बाहिर पहिलो पटक पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



