शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् ।उनले नयाँ कोर्स पूरा नहुञ्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न आग्रह गरे ।मन्त्री श्रेष्ठले ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै स्वाथ्य मन्त्रालयले तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभए पनि अनिवार्य रूपमा वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न आह्वान गरे ।मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गरी परीक्षाको सञ्चालन गर्न कुनै समस्या नहुने जानकारी गराए । उनले स्वास्थ्य प्राटोकललाई कडाइका साथ पालना गरी परीक्षा सञ्चालन गर्दा कुनै समस्या नहुने स्पष्ट पार्दै भने, ‘सरकारले परीक्षा सञ्चालन भएका विद्यालयको अनुगमन गर्दा गलत देखिए कारबाही गर्नेछ ।’
कोर्स पूरा नहुँदासम्म नियमित कक्षा सञ्चालन गर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह
सवालनेपालसंवाददातासोमबार, ६ वैशाख २०७८

कोर्स पूरा नहुँदासम्म नियमित कक्षा सञ्चालन गर्न शिक्षामन्त्री श्रेष्ठको आग्रह
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



