नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रको कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नसकिएको दाबी गरेका छन् ।

नेपाल विद्यार्थी संघ नेविसंघको ५२ औं स्थापना दिवसका अवसरमा आज (सोमबार) काठमाडौँमा आयोजित कार्यक्रममा देउवाले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई सरकारबाट हटाउनुपर्ने आवश्यकता रहेको तर माओवादीको कारण उनलाई हटाउन नसकिएको बताएका हुन् ।

उनले भने, ‘माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण ओली सत्तामा टिकिरहन सकेका हुन् ।’

प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिइहाले पनि जसपा समर्थन गर्ने तयारीमा रहेको देउवाको दाबी छ ।

पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री ओली अहिले भारतकै टाङमुनि छिरिसकेको भन्दै देउवाले भने, ‘ओलीले भारतसामु त्वम् शरणम् गरिसके,’ उनले थपे, ‘भारतविरोधी नाराबाट झुल्केका ओली अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?’

गुटबन्दी गरेर अगाडि बढ्न गाह्रो हुने भन्दै सभापति देउवाले एउटै क्याम्पसमा नेविसंघका तीनचार समूह रहेकोले यस्तो तरीकाबाट कतै नपुगिने समेत बताए ।

पछिल्लो समय कोरोनाको कहर बढीरहेका कारण सतर्क रहन सुझाउँदै उनले अनुरोध गरे, ‘जमघट, भेला नगर्नू ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah