नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको नामावली वेबसाइटमा इन्ट्री गर्ने मिति परिवर्तन गरेर जेठ १५ गते राति १२ बजेसम्म पुर्‍याएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

‘क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा इन्ट्री गर्ने मिति जेठ १५ सम्म पुर्‍याउने निर्णय भएको छ,’ सदस्य पौडेलले इकागजसँग भने, ‘त्यस्तै क्रियाशील सदस्यतासम्बन्धी भएका निर्णयको कागजात केन्द्रमा बुझाउने मिति १७ गते ५ बजेसम्म पुर्‍याइएको छ ।’

यसअघि शीर्ष नेताहरूबीच सहमति गरेर यो एजेण्डा केन्द्रीय समितिमा लगिएकाले सर्वसम्मत रूपमा निर्णय भएको हो ।

यसअघि क्रियाशील सदस्यताको नामावली वेबसाइटमा इन्ट्री गर्ने समय चैत मसान्तसम्म थियो । साढे एक महिना थपेर जेठ १५ गते पुर्‍याइएको हो ।

बैठकमा संरचना समायोजनसम्बन्धी जटिल विषय भने प्रवेश नै नगरेको सदस्य पौडेलले बताए ।

त्यस्तै बैठकले क्रियाशील सदस्यता सम्बन्धी निर्णय वेबसाइटमा सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूलाई यही बैशाख १२ गतेसम्म सदस्यताको फाराम लैजान दिने र बैशाख मसान्तसम्म फाराम बुझाउन दिने निर्णय बैठकले गरेको पौडेलले बताए ।
-इकागज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah