नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा अध्यक्ष ओलीको प्रतिवेदनमा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भए पनि यसले मुलुकको विद्यमान समस्याहरुको समाधान गर्ने सम्भावना कम रहेकाले राजनीतिक स्थायित्वका लागि छिटो निर्वाचनमा जानुपर्ने विकल्प उपयुक्त हुने उल्लेख गरिएको छ ।
नेकपा एकताको तीनवर्षे अवधि र सर्वोच्च अदालतको फैसलाबाट एमालेले आउँदो साउनमा विधान सम्मेलन गर्नेछ भने मङ्सिरमा महाधिवेशन तोकेको छ ।

उनले नयाँ निर्वाचनको तयारी गर्नुपर्ने उल्लेख गरेका छन् । प्रतिनिधिसभाले पूर्ण कार्यकाल पूरा गर्न पायो भने पनि आगामी २० महिनाभित्रै नयाँ निर्वाचन हुने प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष ओलीको प्रतिवेदनमा मुलुक कुनै पनि बेला निर्वाचनमा जान सक्ने भएकाले तयार रहन कार्यकर्ता पङ्तिलाई तयार रहन निर्देश गरिएको र पार्टी विरोधी गतिविधिमा लागेकालाई एकताको भावनाका साथ आत्मालोचनासहित मूलधारमा फर्कन आह्वान गरिएको जनाइएको छ ।

स्थानीय तहको निर्वाचन त आगामी वर्षका लागि निर्धारित नै छ । त्यसैले सहज अवस्थामै पनि निर्वाचनको तयारीमा लाग्नु पर्ने आवश्यकता छ । तर मुलुकको तरल राजनीतिका कारण हामी छिटो निर्वाचनमा जानुपर्ने संभावना पनि बढ्दै गएकोछ । यसका लागि हामीले हाम्रो प्रवृतिलाई हमेशा तयारी अवस्थामा राख्नुपर्छ’, उनले भनेका छन् ।

छलफलपछि पारित प्रतिवेदनमा पार्टीको वैचारिक र सङ्गठनात्मक काम र जनआधारित कामलाई गति दिँदै एमालेलाई देशको नेतृत्वदायी सङ्गठनका रुपमा अघि बढाउने, समृद्धिको अभियान प्रभावकारी बनाउन तीनै तहका सरकारलाई सक्रिय तुल्याउने र जनताका चाहना तथा आवश्यकतालाई सम्बोधनका क्रममा गर्नुपर्ने कामको समीक्षा गरेर अघि बढ्ने उल्लेख छ ।
-काठमाडौँपाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah