नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका प्रतिनिधिसभाका २७ जना सांसद र प्रदेशसभाका ५ जना गरि ३२ जना सांसदसहितका नेताहरुलाई निष्काशनको तयारी गरेका छन्।

प्राप्त सूचना अनुसार आगामी वैशाख १० गते बस्ने ओली पक्षीय केन्द्रीय कमिटी बैठकले नेपाल-खनाल पक्षका नेताहरुलाई निष्काशन गर्ने तयारी भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साेमबारको यो पक्षको बैठकको निर्णय अनुसार कणार्लीमा फ्लोर क्रस गरेका प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढासहित उनीहरुलाई सहयोग गर्ने नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको म्याद राखेर मंगलबार स्पष्टिकरण सोधिँदै छ।

नेकपा एमालेले कारबाहीका लागि तयार पारेको सांसदको नामावली यस्तो छ:

१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) पवित्रा निरौला

६) झपट रावल

७) मेटमणि चौधरी

८) यज्ञराज सुनुवार

९) जीवनराम श्रेष्ठ

१०) झलनाथ खनाल

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दिपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसदः

१) प्रकाश ज्वाला

२)नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली

-देश संचार बाट