सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफ रहेको प्रहरीले जानकारी दिएको छ। अभिभावकले छोरीलाई डेरामा छोडेर काम गर्न गएको बेला ती युवकले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार सर्राफले १० रुपैयाँ दिएर फकाएर बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेका थिए।

बालिकाको बुवाले प्रहरीमा जाहेरी दिएपछि बलात्कारमा संलग्न युवकलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका युवकमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको खनालले बताए।

-देश्संचार बाट