माओवादी केन्द्रले नयाँ सरकार बनाउन थप गृहकार्य गर्ने भएको छ ।

मंगलबार बसेको पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले नयाँ सरकार बनाउन छलफल तीब्र पार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकका निर्णयबारे पत्रकारलाई जानकारी दिँदै श्रेष्ठले भने ‘नयाँ सरकार गठनको विषयमा कांग्रेस र जसपासँग निरन्तर छलफल भइरहेको छ, यसलाई अझ बढी तिब्रता दिइनेछ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि कुनै पक्षसँग छलफल नगरेको बताउँदै श्रेष्ठले भने ‘आजको अवस्थामा प्रतिनिधि सभाको अधिवेशनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउनुपर्ने परिस्थितिमा संसद् अधिवेशन हठात् अन्त्य गर्ने काम गर्याे अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदमको अभिव्यक्ति हो, त्यो कदमको भत्र्सना पनि पार्टीले गरेको छ ।’

राजनीतिक उपलब्धिहरु संकटमा पर्ने खतरा रहेकाले माओवादी चिन्तित रहेको बताउँदै नारायणकाजीले भने ‘हामीले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पनि गम्भीर हुनुपर्ने, सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यक छ ।’

बैठकमा प्रचण्डले जसरी हुन्छ केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्ने बताउनुभएको श्रेष्ठले जानकारी दिए । ‘वर्तमानसरकारलाई अपदस्थ गरेर अर्को सरकार ल्याउँनु नै हाम्रो मुख्य उद्देश्यहो’ प्रचण्डको भनाई उदृत गर्दैश्रेष्ठले भने ।

चुनाव भन्दा पनि केपी ओलीसँग डराउनुपर्ने निष्कर्ष माओवादीको छ । संविधान अनुसार चुनाव भए आफूहरु पनि सहभागी हुने बताउँदै उनले भने ‘चुनावमा ओली नेतृत्वको सरकारले धाँधली गर्छ भन्ने शंका छ ।’

कोरोना संक्रमणबाट बच्न र बचाउन पार्टी नेता कार्यकर्तालाई निर्देशनसमेत दिइएको उनले बताए । कोरोनासम्बन्धी आफ्नो आदेश सरकार आफैंले पालना नगरेको समेत उनले बताए ।

-इmountain बाट