कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि बाँकेमा लकडाउन घोषणा गरिएको छ । आज मध्यरातिबाट लागुहुनेगरी नेपाल नेपालगञ्ज उपमहानगर क्षेत्रमा एक साताका लागि लकडाउन घोषणा गरिएको हो।
मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समिति बैठकले एक सातासम्म लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएको थियो । डिसीसीएमसीको सिफारिस अनुसार नै लकडाउन घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
-नेपालन्युज बाट 



![आज रातिबाट कुन कुन छेत्र मा लकडाउन [विज्ञप्तीसहित]](/wp-content/uploads/2021/04/nepaljung-img.jpg)






