नेकपा एमालेलाई फुटबाट जोगाउने अन्तिम प्रयास भइरहेको छ। यही प्रयासस्वरुप नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले नागपोखरीस्थित होटल मेरियटमा वार्ता जारी छ।

करिब ४० मिनेटदेखि दुई नेताबीच वान टु वान वार्ता भइरहेको हो। प्रधानमन्त्री समेत रहेका ओली र वरिष्ठ नेता नेपाललाई वार्तामा राखेर अर्थमन्त्रीसमेत रहेका एमाले नेता पौडेल भने होटल मेरियटबाट निस्किएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि चैत २ गते एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा वार्तामा बसेयता दुई नेताबीच संवाद टुटेको थियो। दुवै नेताबीच पानी बाराबारको अवस्था रहेका बेला एकताको पक्षमा वातावरण बनाउँदै आएका नेता योगेश भट्टराई बुधबार दिउँसो बालुवाटार छिरेका थिए।

त्यहाँ उनले ओलीलाई माधव नेपाल र झलनाथ खनालसँग सम्वाद अघि बढाउन आग्रह गरेका थिए। त्यसपछि अध्यक्ष ओली र नेपालबीच मेरियटमा भेट्ने सहमति बनेको हो।

-फरकधार बाट