नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेको नागपोखरीस्थित होटल मेरियटबाट भर्खरै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बाहिरिएका छन्।

एक घण्टादेखि ओली-नेपाल वार्तामा रहेका बेला नेता खाँण मेरियटबाटै बाहिरिएका हुन्। नेता खाँण ओली-नेपालसँग छलफलबाट बाहिरिएका हुन् या अन्य कामले त्यहाँ पुगेका हुन् खुलिसकेको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनी अहिले साँझ निजी गाडी प्रयोग गरेर मेरियटबाट बाहिरिएका हुन्। उनले त्यहाँ राजनीतिक संवाद गरे नगरेको पुष्टि भएको छैन।

मंगलबार मात्रै एमाले नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री ओलीलाई सत्ताबाट बिदा गर्ने प्रस्ताव लिएर बूढानीलकण्ठ पुगेका थिए।

-फरकधारबाट