पर्सामा एकथान पेस्तोल र दुईथान म्याग्जिनसहित एकजना पक्राउ परेका छन् ।
वीरगन्ज महानगरपालिका–१६, शंकराचार्य गेटबाट एकथान पेस्तोल र सोको दुईथान म्याग्जिनसहित मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षीय राजु रानामगरलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीचौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा कम्मरभित्र लुकाइ ल्याएको पेस्तोल र पाइन्टको खल्तीमा लुकाइराखेको उक्त म्याग्जिनसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
-बाह्रखरी बाट



