प्रधानमन्त्री केपी शर्मा ओलीसँगको ‘डिनर मिटिङ’पछि एमाले नेता वामदेव गौतम स्थायी कमिटीमा अटाएका छन्।
शुक्रबार बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले गठन गरेको स्थायी कमिटीमा गौतम पनि अटाएका छन्। तर, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका कसैलाई पनि स्थायी कमिटीमा राखिएको छैन।
नेपालकालदेखि नै पार्टी एकता अभियानमा लागेका गौतमले बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ‘डिनर मिटिङ’ गरेका थिए। तर, ओलीले ‘सच्चिने’ संकेत नदेखाएको भन्दै उनी डिनर चल्दाचल्दै निस्किएका थिए।
‘अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ’, ओलीसँगको भेटबारे गौतमले शुक्रबार बिहान आफ्ना प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत् भनेका थिए, ‘डिनर चल्दै थियो, नमस्कार गरेर म विदा भएँ’।
सर्वाेच्च अदालतले फागुन २३ गते एमाले ब्युँताएपछि गाैतम एमालेका कुनै पक्षमा खुलेका थिएनन्।

-नेपाललाईभ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah