नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले स्पष्टीकरण सोधिएका सांसदलाई कारबाही गर्ने अधिकार स्थायी कमिटीलाई दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय बैठकले स्पष्टीकरण दिएका सांसदलाई कारबाही गर्ने/नगर्ने निर्णय गर्ने अधिकार पनि स्थायी कमिटीलाई दिएको छ। ओली पक्षको शुक्रबार बसेको बैठकले १९ सदस्यीय स्थायी कमिटी एकतर्फी गठन गरेको छ।
ओली पक्षले संघका २७ सांसदलाई स्पष्टीकरणको पत्र पठाएको थियो। यस्तै, कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने पाँचमध्ये चार जनालाई पार्टीबाट निष्कासन गरिएको छ। अन्यको हकमा निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिइएको एक नेताले बताए।
स्पष्टीकरण सोधिएका अधिकांशले जवाफ दिएका छन्। उनीहरूको जवाफ 'सफ्ट' रहेको बैठकमा ओलीले बताएका थिए।
-नेपाल लाइभ बाट










