नेकपा एमालेले स्पष्टीकरण सोधिए प्रतिनिसभाका २७ मध्ये ५ जनाले अझै स्पष्टीकरण बुझाएका छैनन् ।
स्पष्टीकरण बुझाएका मध्ये दुई जनाले ओली पक्षमै लाग्ने जवाफ दिएको र बाँकी सदस्यहरुको पनि उस्तै प्रकृतिको जवाफ आएको रिपोर्टिङ बैठकमा भएको थियो ।
स्पष्टीकरण नबुझाउनेमा योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु, दीपक भट्ट रहेका छन् ।
स्पष्टीकरण बुझाएका सांसद गणेश पहाडी र हिरा केसीले मूलधारमा लाग्ने प्रतिबद्धता गरेको बताइएको छ । सांसद जयकुमार राई, सोमप्रसाद पाण्डे र कल्याणी खड्काको जवाफ पनि सफ्ट र सुझावसहित आएको निष्कर्ष बैठकले निकालेको छ ।
-नेपाल न्युज










