माधवकुमार नेपाल समूहमा सक्रिय रहेको नेकपा एमालेको एक जोडी नै पुरस्कृत भएको छ। आज बसेको बालुवाटार बैठकले शेरबहादुर तामाङलाई नेकपा एमालेको कार्यालय सचिवको जिम्मेवारी दिएको छ।

तामाङ आफैँले जिम्मेवारी पाएको जानकारी गराए। शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई दुवैजना पहिले माधवकुमार नेपाल समूहमा सक्रिय थिए। पछि दुवै जना ओलीपक्षतिर लागेका हुन्। ओलीतिर लागेलगत्तै उषाकला राईले प्रदेश १ मा मन्त्री पद पाएकी थिइन्। ओ‌ली कम्याम्पमा फर्किएको केही दिनमै उनलाई प्रदेश १ को समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका पति शेर बहादुर तामाङलाई भने आजको बैठकले जिम्मेवारी तोकेको हो।

आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटीको पुनर्गठन गरेको थियो जसमा माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेता अटेनन्। आजकै बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेशसभाका सांसदलाई सांसद तथा साधारण सदस्यबाट पनि हटाइएको छ।

-पहिलो पोस्ट वाट