ताप्लेजुङ - ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनमा रोक लगाइने भएको छ ।

मन्दिर आउँदो वैशाख मसान्तसम्म बन्द हुने भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आजदेखि मन्दिर दर्शनमा रोक लगाइने जानकारी दिनुभयाे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्दिर दर्शनका लागि धेरै भक्तजन बाहिरी जिल्लाबाट आउने भएकाले कोरोना सङ्क्रमणको जाेखिम बढी हुने भएकाले मन्दिरमा जाने भक्तजनलाई आवतजावतमा रोक लगाइने भएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मन्दिर बन्द गर्ने निर्णय वैशाख ७ गते नै भएको र आजदेखि कडाइका साथ लागू गरिने बताउनुभयो । उज्यालो अनलाइन बाट