झापा,बैशाख ११ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीब्र बनेकै बेला झापाको एक सरकारी सहित चार वटा अस्पतालले अक्सिजन प्लान्टको धमाधम निर्माण गर्न थालेका छन् ।

मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं. १ सरकारको ७५ लाख रुपैयाँको लगानीमा अक्सिजनको प्लान्ट निर्माणाधीन छ ।

कोभिड–१९ सङ्क्रमितको उपचारका लािग ७५ शैयाको अलग अस्पताल समेत सञ्चालन गरिरहेको मेची अस्पताल भद्रपुरमा रहेको छ ।

विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बीएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् ।

मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ सिलिण्डर अक्सिजन उत्पादन भइरहेको बताए ।

चार महिना अघि शुभारम्भ कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरिएको र उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने झन्झटबाट अस्पताल मुक्त भएको उहाँले बताए ।

उनका अनुसार अस्पतालले प्रति महिना रु. १ लाख ९५ हजारका दरले कम्पनीलाई रकम बुझाएपछि पाँच वर्षपछि मात्र प्लान्ट अस्पतालको स्वामित्वमा आउने शर्त रहेको छ ।

आवश्यक अक्सिजनका सिलिन्डर निजी सप्लायर्सबाट खरिद गर्दै आएका अस्पतालहरुले आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्ति व्यवस्स्था भरपर्दो हुने विश्वास लिएका छन् ।

मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट बनाउन लागिएको छ ।

ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिण्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँँदै आएको छ । कोभिडका विरामी बढ्दै जाँदा अक्सिजनको माग अरु बढ्ने उनले बताए ।

देशकै सुविधासम्पन्न अस्पतालको रुपमा परिचित विर्तामोडको वीएण्डसी हस्पिटलले पनि वैशाखभित्रै आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने जनाएको छ ।

आफ्नै परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पताल समेत सञ्चालन गर्दै आएको बीएन्डसी हस्पिटलमा दैनिक ३५ देखि ४० वटा सिलिण्डर खपत भइरहेको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

‘सबै विरामीलाई अक्सिजन चाहिँदैन’, हस्पिटलका जनसम्पर्क अधिकृत गिरीले भन्नुभयो, ‘आइसीयू र जटिल समस्या भएका विरामीलाई चाहिने हुँदा अहिले यतिले पुग्दैछ ।’

हस्पिटलले हरेक शैया र इमर्जेन्सी कक्षमा अक्सिजनको पाइपलाइन पुर्याएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अक्सिजन समेत थप चाहिने हुँदा दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने तयारीका साथ प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

बीएन्डसी हस्पिटलले प्लान्ट निर्माणमा पाँच करोड रुपैयाँ लगानी भइसकेको जनाएको छ । हाल अस्पतालले सुनसरीको इटहरीस्थित निजी सप्लायर्सबाट अक्सिजन खरिद गर्दै आएको छ ।

भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले आगामी असार मसान्तभित्रै अक्सिजनको आफ्नै प्लान्ट सञ्चालनमा ल्याउने जनाएको छ ।

हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले हाल प्लान्टको पाइपलाइन जडान कार्य भइरहेको जनाउँदै ६० लाख रुपैयाँको लागतमा अक्सिजनको प्लान्ट जडान गरिने बताए । विर्तामोडको जलकन्या सप्लायर्सबाट हाल अक्सिजनको सिलिण्डर खरिद गरिदै आएको उहाँले जानकारी दिए ।

झापाको मेची प्रादेशिक अस्पताल, विर्तामोडको बीएन्डसी हस्पिटल र भदपुरको ओमसाई पाथिभरा हस्पिटलमा सरकारी स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ ।

विर्तामोडमा रहेको विर्तासिटी अस्पतालले नयाँ भवन निर्माणाधीन रहेको हुँदा सोही भवनमा अक्सिजनको प्लान्ट राखिने जनाएको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah