काठमाडौं- स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण तीव्र गतिमा बढेको भन्दै चार साता लकडाउन गर्न सुझाव दिएको छ ।

यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भने हुन बाँकी छ । आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरूले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

केही दिनयता देशभर दैनिक २ हजार बढी कोरोना स.क्रमित थपिरहेका छन् । नेपाल बहस बाट साभार