नेपालले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका विकासोन्मुख राज्यहरूका निम्ति अन्तर्राष्ट्रिय सहयोग अरिहार्य भएको उल्लेख गर्दै महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुनेमा जोड दिएको छ । बैङ्ककमा जारी एशिया प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक सामाजिक आयोग (युएनइस्क्या)को ७७औँ बैठकका सन्दर्भमा आयोजित अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका राज्यहरूको बैठकलाई अप्रत्यक्षरूपमा बुधबार सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले अन्तर्राष्ट्रिय सहायताबाट जोखिममा रहेको ती राष्ट्रको अर्थतन्त्र उठाउन मद्दत पुग्ने बताउनुभयो । आर्थिक समृद्धि, व्यापार विविधिकरण तथा त्यसका संरचनागत अवरोध र बहुआयामिक गरिबी हटाउन अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका राज्यहरूको साझा प्रयास आवश्यक भएकामा उहाँले जोड दिनुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ । उपाध्यक्ष कँडेलले कोरोना महामारीका कारण स्वास्थ्य, व्यापार, पर्यटन, यातायात, शिक्षा, कृषि तथा औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको यथार्थ प्रस्तुत गर्दै रोगको फैलावट नियन्त्रण तथा सामाजिक र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर नेपाल सरकारले काम गरिरहेको बताउनुभयो ।
अतिकम विकिसत राष्ट्र एकजुट हुनुपर्नेमा नेपालको जोड
सवालनेपालसंवाददाताबिहीबार, १६ वैशाख २०७८

अतिकम विकिसत राष्ट्र एकजुट हुनुपर्नेमा नेपालको जोड
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



