वैदेशिक रोजगारीकालागि विदेश पुगेर फर्र्किएका इलामको माई नगरपालिका–१० का धनपति दुलाल अहिले गाउँमौ बाख्रापालन गर्दैछन् । वैदेशीक रोजगारी गुमाएर फर्किएका दुलालले ‘सामाजिक रूपान्तरणका लागि युवा’ कार्यक्रममार्फत सात दिनको उद्यामशीलता विकास तालिम र १० दिनको बाख्रापालनसम्बन्धी तालिमबाट सीप सिकेपछि बाख्रापालनमा लागेका हुन् ।

यो तालिम लिएपछि बाख्रा पाल्नलाई पनि सजिलो भएको बताउँदै दुलालले भने, ‘विदेशमा काम गर्न नसकेर राजीनामा गरेर आए, यहाँ तालिम लिएर ढुक्कले बाख्रा पालेर बसेको छु ।’

यसैगरी, माई नगरपालिका–७ की निशा लिम्बु वैदेशिक रोजगारीको क्रममा मलेसियामा काम गरेर फर्किइन् । वैदेशिक रोजगारीबाट फर्किएकी लिम्बु अहिले गाउँमा नै स्वरोजगार बनेकी छन् । सिलाइकटाइको तालिम लिएपछि लिम्बुले व्यावसायिक रूपमा सिलाइकटाइको काम गर्दै छिन् । उनलाई फेरि बिदेसिने रहर छैन । ‘विदेशमा साह्रै दुःख हुन्छ, त्यसैले स्वदेशमा नै सिलाइकटाइको काम थालेको छु,’ उनले अघि भनिन्, ‘यो काम अरूलाई पनि सिकाउँछु, रूलाई विदेश नजान भन्छु ।’

रोङ गाउँपालिकाका दिनेश निरौला भने बेरोजगारीले भौतारिरहेका थिए । कामको खोजीमा रहेका निरौला पनि ‘सामाजिक रूपान्तरणका लागि युवा अभियान’मा जोडिएपछि भने भौतारिनुपरेको छैन । कार्यक्रममार्फत निरौलाले उद्यमशीलता विकास र च्याउखेतीसम्बन्धी तालिम लिएपछि अहिले गाउँकै साथीहरूसँग मिलेर च्याउखेती गर्दै छन् । ‘साथीहरूसँगको साझेदारीमा सुरु गरेको च्याउखेतीबाट दिनको ५ देखि ७ हजार रुपैयाँसम्मको उत्पादन हुन्छ,’ निरौलाले भने, ‘ खर्च कटाएर महिनाको ५० हजार जति बचाउँछांै, चार÷पाँच जना अरूलाई पनि रोजगारी दिएका छौं ।’ बेरोजगारीले भौतारिरहेका निदेशलाई सीप सिकेपछि अहिले भौतारिनुपरेको छैन ।

सन् २०१९ देखि मानवअधिकार मञ्च नेपाल इलामले जिल्लको दुई पालिकामा सुरक्षित आप्रवासन, स्वउद्यमशीलताका लागि युवा सशक्तीकरण समूहमार्फत ‘सामाजिक रूपान्तरणका लागि युवा कार्यक्रम सञ्चालन गरेको थियो । माई नगरपालिका र रोङ गाउँपालिकामा सञ्चालित कार्यक्रमको निर्धारित अवधि पूरा भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी साबित भएको छ । कार्यक्रमअन्तर्गत सन् २०१९ मा २ सय ४१ उद्यमशीलता विकास तालिम लिएका थिए ।

उनीहरूमध्ये ६९ जनालाई सीप विकास तालिम गराइएको थियो । सीप विकास तालिम लिएका सबै जनाले तालिमअनुसारको व्यवसाय गरिहेको कार्यक्रमका संयोजक सन्तोष मगरले बताए । ‘पहिलो वर्ष तालिम गराएका सबैलाई व्यवसाय सुरु गर्नका लागि हामीले १० हजार रुपैयाँका दरले सहयोग गरेका छौं, त्यहीअनुसार पालिकाहरूले समेत उनीहरूलाई व्यवसाय सुरु गर्न बीउ पुँजी प्रदान गरेका छन्,’ कार्यक्रम संयोजक मगरले भने, ‘उद्यमशीलता विकास तालिमपछि पनि धेरैले स्वरोजगार हुने काम सुरु गरेका छन् ।’

हातमा सीप भएकाहरू उद्यमशीलता विकास तालिम गराएपछि व्यावसायिक योजना बनाएर आर्थिक उपार्जनमा लागेको मगरले बताए । सन् २०२० मा ३ सय २ जनालाई उद्यमशीलता विकास तालिम गराइएको छ । तीमध्ये १ सय ८३ जनालाई विषयगत रूपमा सीप विकास तालिम गराइएको छ । सन् २०२० मा उद्यमशीलता विकास तालिम र सीप विकास तालिम लिएकामध्ये २ सय जनाभन्दा बढीले स्वरोजगार हुने व्यवासाय थालेको मगर बताउँछन् । तीमध्ये १ सय ५६ जनालाई व्यवसाय सुरु गर्न १२ हजार ४ सय ७५ रुपैयाँ कार्यक्रममार्फत सहयोग प्रदान गरिएको छ ।

माई नगरपालिकाले सोही बराबरको रकम उनीहरूलाई थप दिएको छ भने रोङ गाउँपालिकाले भने व्यवसायको आधारमा १० देखि ३५ हजार रुपैयाँसम्म युवाहरूलाई सहयोग प्रदान गर्दै छ ।

परियोजनाका लागि १ करोड ८७ लाख ६६ हजार १ सय ६२ रुपैयाँ खर्च गरिएको छ । रोङ र माई नगरपालिकामा सम्पन्न भएको कार्यक्रम माईजोगमाई गाउँपालिका र चुलाचुली गाउँपालिकामा कार्यान्वयन गरिने मानवअधिकार मञ्चले जनाएको छ । जर्मन कोअपरेसनको सहयोग र एडब्लूओ इन्टरनेसनलको साझेदारीमा स्थानीय पालिकाहरूको समन्वय र सहकार्यमा मानवअधिकार मञ्चले कार्यक्रम कार्यान्वयन गरेको हो ।
-राजधानीडेल्ली बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah