सुर्खेत । कर्णाली प्रदेशका दैनिक कोरोना संक्रमित सयौँको मात्रामा थपिने क्रम जारी छ भने बिरामी निको हुने दर भने न्यून रहेको छ । पछिल्ला केही दिन यता दैनिक २ सय बढी कोरोना संक्रमित थपिँदा निको हुनेको सङ्ख्या भने १० भन्दा माथि छैन । जसका कारण कोरोनाका बिरामीले अस्पताल भरिने क्रम बढेको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप २५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । आरटी पिसिआर विधिबाट २१४ र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको छ हो ।

योसँगै कर्णाली प्रदेशमा कूल संक्रमित हुनेको संख्या ९ हजार ६०६ पुगेको छ । कूल संक्रमितमध्ये ७ हजार ५७१ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा १० जना मात्र कोरोनाका बिरामी निको भइ घर फर्किएका छन् ।

नयाँ संक्रमितमध्ये सुर्खेतका १७२, दैलेखका ३२, जुम्लामा २२, कालिकोटमा १७, डोल्पामा ६, मुगुमा ३ र अन्य जिल्लामा ७ जना रहेका छन् ।

कूल संक्रमितमध्ये एक हजार ६३३ जना सक्रिय संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।

मृत्युदर बढ्दो

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट कर्णाली प्रदेशमा थप चारजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतका दुई र सल्यानका दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१० की ३२ वर्षीया महिला र गुर्भाकोट नगरपालिका–१३ का ३५ वर्षीय पुरुषको शनिबार दिउँसो प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै शनिबार नै सल्यानको बागचौर नगरपालिका–२ का २६ वर्षीय पुरुष र रोल्पाको गंगादेव गाँउपालिका–३ की ४८ वर्षीया महिलाको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

मृतक चारै जनाको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको निर्देशनालयले जनाएको छ । योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah