पाल्पा, १९ बैसाख । गएको २४ घण्टामा चट्याङबाट तीन जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न भागमा चट्याङ पर्दा पाँच जना घाइते भएका छन् ।

पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–१ कचल मुहान टोलस्थित एक घरमा अचानक चट्याङ परी ३ जना घाइते भएकोमा एक पुरुषको मेडिकल कलेज प्रभासमा मृत्यु भएको छ ।

यस्तै, रोल्पाको रुन्टिगढी गाउँपालिका–९ पलासेनीस्थित घर नजिकै रहेको आफ्नै बारीको डिलमा काफल खान गएको अवस्थामा चट्याङ लागि वर्ष १२ कि बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने वर्ष १३ कि अर्की बालिकाको बायाँ खुट्टा जली घाइते भएकी छन् ।

यता सुनसरीको गढी गाउँपालिका–२ औरावनी झोडास्थित खेतमा अबिरल वर्षासँगै परेको चट्याङ लागेर भैँसी चराउन गएका वर्ष ६० का १ पुरुषको मृत्यु भएको छ । यस्तै दैलेख नारायण नगरपालिका–६ बस्ने बर्ष ४८ का १ पुरुष र उनकी ४५ वर्षीय श्रीमती घाइते भएका छन् । प्राधिकरणका अनुसार ओखलढुङ्गा, कैलाली र उदयपुरका दुई स्थानमा चट्याङले क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah