नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालको भनाइ छ ।
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य बताइएको छ ।



