झापा - झापामा गए राति चट्याङले लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर छन्। उनी सो चौकीका प्रमुखसमेत हुन्।

राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए। चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल ल्याइएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाई तत्कालै चिकित्सकले मृत घोषित गरेका थिए। गस्तीमा उनीसहित दुईजना निस्केका थिए। सँगैरहेका प्रहरी हवल्दार सकुशल रहेका बताइएको छ।