दमक – हाल कोरोना भाईरसको दोश्रो भेरियन्टले उग्र रुप देखाईरहेको छ । देशका धेरैजसो जिल्लामा निषेधाज्ञा समेत जारी गरिएको अवस्था छ । बिरामीले बेड नपाएका र अक्सिजन अभाबका समाचारहरु निरन्तर जसो बाहिर आईरहेको छ । यस्तो बिषम परिस्थितीमा झापा गौरादह नगरपालिका वार्ड नम्बर ७ हुँदै दमक नगरपालिका ८ निवासी हाल भक्तपुर बस्नुहुने केन्द्रिय कार्य सम्पादन समिति सदस्य राप्रपा नेता लक्ष्मी प्रसाद संग्रौलाले कोभिड संक्रमितलाई अस्पतालसम्म पुर्याउन अक्सिजन सहितको एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गराउन घोषणा गरेका छन् । झापाको गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकासँगै दमक नगरपालिका र कमल गाउँपालिकाभित्रका कोभिड संक्रमितहरुलाई अक्सिजन सहितको एम्बुलेन्समा अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा प्रदान गरी संकटको घडीमा सहयोग गर्ने उनले घोषणा गरेका हुन् । यस्तै अक्सिजन अभाब भईरहेको समाचार बाहिर आएसँगै उनले अक्सिजनको समेत प्रबन्ध मिलाउने तयारी गरिरहेको बताएका छन् । सेवा लिनका लागि सञ्चार क्लब गौरादहका अध्यक्ष सुदिप अधिकारीलाई ९८५२६६१६०४ नम्बरमा, पर्दाफास मिडिया नेटवर्क प्रा.ली.का प्रबन्ध निर्देशक सान नेपाललाई ९८४१७६१७८८ नम्बरमा र गौरादह ७ निवासी जय गुरुङलाई ९८१४०९०२९३ नम्बरमा र भरिपूर्ण राईलाई ९८१४३६१९२५ नम्बरमा सम्पर्क गर्न सकिने बताईएको छ । उनले संकटको घडीमा सबैले सबैलाई सहयोग गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।
दमकका लक्ष्मी संग्रौलाद्वारा संकटमा सहयोगको घोषणा
बिज्ञान सिवकोटिसंवाददातामंगलबार, २१ वैशाख २०७८

दमकका लक्ष्मी संग्रौलाद्वारा संकटमा सहयोगको घोषणा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



