काठमाण्डाै – शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् ।

अस्पतालमा कोरोना सङ्क्रमित भएर आउनेको सङ्ख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका हुन् । सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउन सक्नेतर्फ सचेत रहन उनीहरूले आग्रह गरेका छन् ।

अस्पतालका स्वास्थ्यकर्मी सङ्गम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना सङ्क्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गर्नुभयो ।

अहिले देशैभरिका कोभिड अस्पताल र अन्य सरकारी अस्पतालमा सङ्क्रमितको चाप बढिरहेको छ । साेमवार (हिजो) स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा २४ घण्टामा सात हजार तीन सय ८८ जनामा काेराेना सङ्क्रमण देखिएकाे थियाे भने थप ३७ जनाको ज्यान गएकाे थियाे ।

कोभिड सङ्क्रमणको दोस्रो लहर ७७ वटै जिल्लामा पुगिसकेको छ । यसबाट सर्वसाधारणसँगै अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार सङ्क्रमित हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय