भैरहवाको भीम अस्पतालले बिरामीलाई अक्सिजन नसक्ने भन्दै आफै व्यवस्थापन आग्रह गरेको छ । आज एक सूचना जारी गरेर अस्पताल प्रशासनले कोभिड १९ का बिरामीको अत्याधिक चाप भएकोले अक्सिजन नपुग्ने भन्दै बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको जनाएको हो ।

‘हालको विद्यमान अवस्थामा कोभिड १९ का बिरामीहरुको अत्याधिक चापका कारणले अक्सिजन सप्लाई नपुग्ने भएकाले हाललाई भर्ना भएका बिरामीलाई अक्सिजन पुर्याउन नसक्ने अवस्था रहेको छ’ अस्पतालले भनेको छ, ‘सम्पूर्ण महानुभावहरूमा सोही अनुसार व्यवस्थापन गर्नु हुन सूचित गरिन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भीम अस्पताल प्रदेश सरकारले घोषणा गरेको कोरोना अस्पताल हो । बिरामीले बेड भरिएपछि अस्पतालले खुल्ला ठाउँमा राखेर सेवा दिइरहेको छ । हाल उक्त अस्पतालमा ५ आइसीयुसहित २० वटा एचडियु बेड छ ।

-रातोपाटि बाट