बुटवलस्थित कोरोना अस्पतालमा थप २ संक्रमितको आज बिहान मृत्यु भएको छ । मृत्यु हुने दुवै बुटवल उपमहानगरपालिका रहेका छन् ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिला रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरु वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका थिए। दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको डा. गौतमले बताए ।

योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको जिल्ला स्वाथ्य कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ ।