झापा – झापा क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद राम कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सांसद कार्कीले विहीबार मेचीनगर नगरपालिकामा पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएको हो ।
सांसद कार्कीले कोरोना संक्रमण भएको बताए । उनले अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा एउटा कार्यक्रममा महोत्तरी गएको बताए । ‘त्यो भन्दा अघि भेलाहरुमा सहभागी नै थिए’, सांसद कार्कीले भने–‘ तर, मलाई त्यस्तो समस्या केहिपनि छैन ।’
उनका अनुसार सामान्य जिउ दुःख्ने मात्र भएको छ, बाँकी सब ठिक छ । तर, सामाजिक सञ्जालले झन विरामी पारिदेला भन्ने समस्या छ । उहाँ एक हप्तादेखि मेचीनगर–९ स्थित घरैमा हुनुहुन्छ ।
यसअघि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकीलाई कोरोना संक्रमण भएको थियो । उहाँहरु सबै जना होम आईसोलेसनमा हुनुहुन्छ ।



