काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ ।

भेन्टिलेटरको अभावमा कोराेना सङ्क्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो । महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीले शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको काेराेना विरुद्ध लडाइमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काेराेना महामारी तीव्र रुपमा विस्तार हुँदै गएर बिरामीको उपचारमा नै समस्या देखिन थाले पनि महानगरले विकास निर्माण भन्दापनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको स्पष्ट पार्नुभयोे । उहाँले अहिले महानगर मानव जीवन बचाउने दायित्व पूरा गर्ने काममा लागेको उल्लेख गर्दै कुनै पनि किसिमको समस्या परेमा महानगरलाई सम्झिन पनि अनुरोध गर्नुभयो ।