समाजिक अभियान हाम्रो दायित्व भन्ने मुलमन्त्रका साथ आजबाट एरिना टेलिभिजनले एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट अर्थात नयाँ प्रजातिबाट संक्रमित हुनेहरुको दरलाई कम गर्दै जनस्वस्थ्यलाई सुरक्षित राख्ने उद्देश्य सहित एरिना टेलिभिजनले एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको हो । इटहरी उपमहानगर पालिकाको सहयोगमा स्वास्थ्य सेवाको अभावमा परेकाहरुलाई सहयोग गर्ने योजनाका साथ यो कार्यको थालनी गरिएको इटहरी उपमहानगर पालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताएकि छिन् । इटहरी उमहानगरपालिकाले सेवाका लागि खटाएको दुई ओटा एम्बुलेन्स अपार्याप्त भएकाले अटो एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको उनको भनाई छ । यसैगरी उनले पाचँ ओटा अटो चालकहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्देै उपचार सेवा सुनसरीका अस्पतालहरुबाट सजिलै लिन सकिने पनि बताएकि छिन् । कोरोनाको बढ्दो संक्रमणसँगै विरामीहरुले एम्बुलेन्स नपाएर भौतारिरहनु परेकाले सो अभावलाई कम गर्न २४ घण्टा अटो एम्बुलेन्सको सेवा दिन थालिएको एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्कीले बताएका छन् । अन्य राष्ट्रसँगै नेपाल पनि कोरोनाको जोखिममा परेकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ५ ओटा अटो एम्बुलेन्स सेवाको थालनी गरिएको कार्कीले बताएका छन् । टेलिभिजन र सञ्चार माध्यम मनोरञ्जनात्मक माध्यम मात्र नभएर समाजिक सेवाको एक गतिलो माध्यम समेत बन्न सक्ने भन्दै उनले एम्बुलेन्स सेवा सुरु गरिएको धारणा राखेका छन् । यसैगरी कोरोना परिक्षण अर्थात पिसिआर टेष्ट गर्न चहानेहरुले पनि अटो एम्बुलेन्सको सेवा लिन सक्ने बताइएको छ । एरिना अटो एम्बुलेन्स सेवाको शुभारम्भ कार्यक्रममा इटहरी उपमहानगरका उप प्रमुख,एरिना टेलिभिजनका प्रबन्ध निर्देशक, इटहरी वडा नम्बर ९ की वडा सदस्य कुमारी न्यौपाने र अटो चालकहरुको उपस्थिती रहेको थियो ।
एरिना अटो एम्बुलेन्स सेवा सुरु
सवालनेपालसंवाददाताशनिबार, २५ वैशाख २०७८

एरिना अटो एम्बुलेन्स सेवा सुरु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



