प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कानुन दिवसको शुभकामना दिँदै यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउनुपर्नेमा जोड दिएका छन्। आज कानुन दिवसको अवसरमा एक शुभकामना वक्तव्य जारी गर्दै प्रधानन्यायाधीश शम्शेरले यस्तो बताएका हुन्।

‘आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिवद्धता व्यक्त गर्ने विशेष दिन पनि हो। न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभुत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिवद्धता समेत व्यक्त गर्दछु,’ शम्शेरले भनेका छन्, ‘साथै, यसमा सम्बद्ध सबैबाट सोही अनुरुप योगदान हुने अपेक्षासमेत गर्दछु। यो दिवस कानून र न्याय क्षेत्रको लागि मात्र नभई सबै क्षेत्र र आमनागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण छ भन्ने मलाई लाग्दछ। तसर्थ, कानून दिवसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन पनि म विशेष आग्रह गर्दछु।’

नेपालको संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्य लगायतका मूल्य मान्यताहरुलाई संविधानको आधारभुत संरचनाका रुपमा स्थापित गरेको प्रधानन्यायाधीशले बताएका छन्।

त्यसैगरी जबराले कोरोना भाइरस संक्रमण रोकथामका लागि हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेका छन्। ‘कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि हरसम्भव उपायहरुको अवलम्बन गर्न म नेपाल सरकार लगायत सम्बन्द्ध निकायहरुलाई विशेष आग्रह गर्दछु। साथै सामाजिक(भौतिक) दुरी कायम गर्ने, मास्कको प्रयोगलगायत स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरुको अनुशरण नै संक्रमणको रोकथाम र नियन्त्रणको उपयुक्त विकल्प रहेको हुँदा त्यसतर्फ ध्यान दिनसमेत सबैमा अनुरोध गर्दछु,’ उनले भनेका छन्।

कानुन दिवसमा औपचारिक कार्यक्रम गर्न नसेको उल्लेख गर्दै उनले एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउन अनुरोधसमेत जबराले गरेका छन्। यता कोरोना संक्रमणको गम्भीरतालाई मध्यनजरी गरी अदालतहरुको सेवा प्रवाहमा संकुचन आएकोमा यसलाई परिस्थितिजन्य बाध्यताको रुपमा लिन प्रधानन्यायाधीशले आग्रह गरेका छन्।
-पहिलो पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah