ज्ञानेन्द्र कोइराला . दार्जिलिङका सुवास घिसिङले ८० को दशक प्रारम्भमा गोर्खाल्यान्ड अन्दोलन सुरु गरे। तर २२ अगस्ट १९८८ मा भएको भारतको केन्द्र सरकार, पश्चिम बंगाल राज्य सरकार र सुवास घिसिङका बीचमा भएको त्रिपक्षीय सम्झौता र २३ अगस्ट १९८८ को भारतको केन्द्र सरकारले प्रकाशित गरेको राजपत्रपछि आन्दोलन स्थगित भयो। यो स्थगनलार्इ भारत र नेपालमा ख्याति कमाइसकेका धेरै लाल बुझक्कडहरुले चरमोत्कर्षमा पुगेको गोर्खाल्यान्ड आन्दोलनलार्इ सदाका लागि समाप्त भएको अर्थ लगाए। उनीहरुले सुवास घिसिङलार्इ गाली गरे। कसैले भारत सरकार र बङ्गाल सरकारलार्इ घुँडा टेकाएको अर्थ लाएर खुसी भए।
गोर्खालिको बारेमा जथा भाबी बोल्ने सिमा सुबेदिको प्रसङ्गलाई उठाएर कलाकार कुमार कट्टेलले जबाफ दिएका छ्न । उनी भन्छ्न सिमा सुबेदिले नेपाललाई हेपेकी छैन्न उनले त आफ्नै जन्म दिने बाआमाको खुट्टामा बन्चरो हानेकी छिन । उनको भनाइ अनुसार हामी अहिले मात्रै हेपिएका होइनौं हामी त पटक पटक हेपिदै गैरहेका छौं । बिस्तृत जानकारीका लागि भिडियोमा हेर्नुहोस ।



