विश्वको अग्रणी मोबाइल गेम पब्जी मोबाइल र नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकबीच गेमिङको थप विकासका लागि सम्झौता भएको छ । नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जीका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् ।

“मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोसलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ,” वर्ल्डलिंकका सीईओ केशव नेपालले भनेका छन् ।

वर्ल्डलिंक र पब्जीले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङका लागि एउटा अभूतपूर्व कदम भएको र यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्ने जनाएको छ ।

“थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुनेछ जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ । यो बृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङको जीवन्त अनुभव प्रदान गर्ने छ,” उनले भने ।

यस साझेदारीको महत्त्वबारे बताउँदै टेन्सेन्ट साउथ एसिया पब्लिसिङका सहायक निर्माताले भने, “मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ । यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका  प्रतिभाहरूले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धासमेत गर्दै आएका छन् ।”

उनले थप भने, “पीएमजीसीमा, डीआरसी, डेडआइज गाइज, स्काई लाइट्स गेमिङ र टी2के जस्ता हाम्रा प्रतिभाले पब्जी मोबाइलका लागि ग्लोबल एस्पोर्ट्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता  प्रदर्शन गरेको  स्पष्ट रूपमा देख्न सकिन्छ ।  यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्दछ ।”

साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने र नेपालको गेमिङ समुदायका लागि थप  रोमाञ्चक अनुभवहरू प्राप्त हुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर