काठमाडौं । नायक पल शाहविरुद्ध ब’ला’त्का’रसम्बन्धी अर्को उ’जुरी परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को इलाका प्रहरी कार्यालय गैँडाकोटमा अभिनेता शाहवि’रुद्ध आज आइतवार ब’ला’त्कार सम्बन्धी उ’जुरी जाहेरी गरिएको हो ।गैँडाकोट–५ मा रहेको गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट ब’ला’त्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उ’जुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

पी’डित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उ’जुरी दिएकी गिरीले बताउनुभयो । पी’डित किशोरीको उ’जुरीपछि प्रहरीले घ’टनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ ।अहिले उनी प्रहरी हिरासत मै छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उ’जुरी परेसँगै अब आ’रोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए ।

नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सहमतिमै कर णी गरे पनि त्यसलाई गैर कानुनी मानिन्छ । गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्र’भावमा राखेको आ’रोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर