सर्वोच्च अदालतले कोभिड १९ संक्रमित विरामीको उपचारका लागि औषधि, अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलवार औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पतालहरू संचालनमा ल्याउन, साथै अस्पतालहरूमा विरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न अन्तरिम आदेश दिएको हो।

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरले महामारीमा सहज स्वास्थ्य सेवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

जारी परमादेशमा निवेदकबाट माग गरिएको विषय मानिसको जीवनसँग तत्काल प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले आवश्यक औषधि र अक्सिजनको आपूर्तिको समस्या, विरामीसँग प्रत्यक्ष सरोकार राख्ने अस्पतालमा नभै नहुने अत्यावश्यक जनशक्ति आपूर्तिको समस्या, संक्रमित व्यक्तिहरूको दिनदिनै बढ्दै गैरहेको संख्यालाई दृष्टिगत गरी उपचारबाट कसैले पनि विमुख हुन नपरोस भन्नाको लागि थप साधनयुक्त अस्पतालहरू संचालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्ने समेतका समस्याहरूको समयमै आवश्यक सम्बोधन हुनुपर्ने आवश्यकता औल्याइएको छ।

नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने औषधि, अक्सिजन र अस्पतालको व्यवस्थापनको लागि आवश्यकता अनुसार सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व हुनेगरी एउटा कार्य समिति बनाउन र समस्याको समाधान प्रभावकारी ढंगले गर्न/गराउन पनि आदेश गरिएको छ।

रिटमाथि अधिवक्ताद्वय अम्बेडकर र मोहना अन्सारीले बहस गरेका थिए। रिटका सम्बन्धमा जेठ ७ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश पनि दिइएको छ।
-पहिलोपोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah