एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच शुक्रवार पनि भेटवार्ता हुने भएको छ ।

बिहीवारको भेटकै निरन्तरता स्वरूप साँझ ६ बजे सिंहदरबारमा हुन लागेको भेटमा पार्टीका अन्य केही प्रभावशाली नेताहरूलाई पनि बोलाइएको बालुवाटार स्रोतले लोकान्तरलाई जानकारी दियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुवैतर्फबाट ३-३ जना प्रभावशाली नेता सहभागी हुने स्रोतले बतायो ।

ओली र नेपालबीच बिहीवार क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरमा ४ घण्टा लामो वार्ता भएको थियो ।

उक्त वार्तामा ओली-नेपाल दुवै २०७५ जेठ २ को पेरिफेरिमा पुगेर सहमति खोज्न तयार भएका थिए । त्यसलाई अन्तिम रूप दिन कार्यदल गठन गर्ने तयारी छ ।

कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरूलाई सिंहदरबार बोलाइएको स्रोतको दाबी छ ।

एमाले विवाद समाधानउन्मुख हुँदा माधव नेपालपक्षीय सांसदहरूको राजीनामा समेत टरेको छ ।