राष्ट्रिय खबर

झन् कहाली लाग्दो बन्दै कोरोना : एक सातामा मात्रै १ हजार ५ सय ५७ जनाको मृत्यु(ग्राफ सहित)


  काठमाडौं   सवालनेपाल   २०७८ बैशाख ३१, १९:३२

बितेको एक सातामा १ हजार ५ सय ५७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार गत एक सातामा मात्रै १ हजार ५ सय ५७ जनाले ज्यान गुमाएका हुन् ।

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको एक हप्ता अघिको विवरण :

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको आजको विवरण :

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट ८४६७ तथा एन्टीजेन विधिपरीक्षण ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण्का अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा नेपालमा कोरोना संक्रमण मुक्त ह्नेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

-लोकपथ बाट

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु