राष्ट्रिय खबर

शव जलाउनेलाई प्रतिदिन थप एक हजार भत्ता !


  काठमाडौ   सवाल नेपाल   २०७८ बैशाख ३१, २०:४०

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पशुपति आर्यघाटमा कोभिड १९ सङ्क्रमित भएकाकाे शव दाहसंस्कारमा संलग्न हुने कर्ममचारीलाई प्रोत्साहन भत्तास्वरूप एक हजार रुपैयाँ दिने निर्णयको फाइल सदर गर्नुभएकाे छ । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री ढकालले फाइल सदर गर्नुभएकाे हाे ।

यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहसंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।

यस्तै मन्त्री ढकालले काेभिड १९ का कारण थला परेकाे पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुने गरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले नीति र बजेट दुवै प्रभावकारी हुने गरी तयारी गर्न निर्देशन दिनुभयो ।

ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरि काम गर्न पनि ढकालले निर्देशन दिनुभयो । उहाँले विगतमा जस्तै भोलिका दिनमा सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो । समयको मागअनुसार व्यवहार गर्नुपर्ने भन्दै उहाँले सेवामा समर्पित हुनुपर्ने बताउनुभयो । साथै मन्त्री ढकालले कुनै समस्या भए आफूसँग ढुक्कले राख्न अनुरोध गर्नुभयो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु