विराटनगर, २ जेठ । प्रदेश १ मा आज १०२७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२२ महिला र १५५ पुरुष सहित २७७, सुन्दरहरैचामा ६०, रंगेलीमा ३९, उर्लाबारीमा २३, पथरीशनिश्चरेमा १८, केराबारीमा र बुढीगंगामा १२–१२, ग्रामथान ,बेलबारी, धनपालथान, कटहरी र जहदामा ४–४, सुनबर्षी, कानेपोखरीमा ३–३, , लेटाङ र रतुवामाईमा २–२ र स्थानीय तह नखुलेका १, झापाको विर्तामोडमा ४९, अर्जुनधारामा २७, भद्रपुरमा २५, झापा गाउँपालिकामा २४, दमकमा २३, कनकाईमा १८, शिवसताक्षीमा १५, मेचीनगरमा १४, हल्दिबारीमा १३, कमल गाउँपालिकामा ७, बुद्धशान्तिमा ६, कचनकवलमा ३, गौरादह र स्थानीय तह नखुलेका २–२, सुनसरीको इटहरीमा ३२, धरानमा १७, देवानगञ्जमा १५, दुहवीमा १३, इनरुवामा ८, बराहक्षेत्रमा ५, गढी र स्थानीय तह नखुलेका ३, रामधुनी, बर्जु र भोक्राहानरसिंहमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलामको सुर्योदयमा १९, इलाम नगरपालिकामा १०, रोङमा ७, माईमा ३, माङ्सेबुङमा १, ताप्लेजुङको फुङलिङमा २४, मौवाखोला र याङवरकमा १–१,संखुवासभाको खाँदबारीमा २२, मकालुमा १, खोटाङको साकेलेमा ११, खोटेहाङमा २ र दिप्रुङ चुईचुम्मा १, ओखलढुङ्गाको मानेभन्ज्याङमा ९, सिद्धिचरणमा १, ते¥हथुमको म्याङलुङमा ६, आठराई र लालीगुराँसमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा २, ताप्ली , लिम्चुङवुङ र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका, छथर र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्द र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४ हजार २२५ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८५६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १२ हजार ७२१ पुगेको छ । प्रदेश १ मा आज २ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४३० महिला र ५९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।