काठमाण्डाै – नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई सय ४६ जनाको ज्यान गएको छ । यो सङ्ख्या एकै दिनमा थपिएकामध्ये अहिलेसम्मकै धेरै हो । याेसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या पाँच हजार ६ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार चार सय ८६ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । योसहित नेपालमा सङ्क्रमितको सङ्ख्या चार लाख ८० हजार चार सय १८ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ । अहिले नेपालमा एक लाख १४ हजार तीन सय ५८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरियन्टलाई पनि अहिले लगाइरहेका खोपले काम गर्ने बताउनुभएको छ ।

नेपालमा कोरोनाको भारतीय भेरियन्ट फैलिरहेको पुष्टिपछि धेरैले त्यसलाई अहिलेको खोपले काम गर्छ कि गर्दैन भन्ने प्रश्न गरेकोमा प्रवक्ता गौतमले नेपालमा प्रयोग भइरहेका दुवै खोपले यो भारतीय भेरियन्टविरुद्ध काम गर्ने बताउनुभएको हो । तर खोपले सङ्क्रमण र सङ्क्रमण भएमा सिकिस्त हुने र ज्यान जाने दर घटे पनि खोप लगाएका व्यक्तिले पनि स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै प्रवक्ता गौतमले अहिले भेरोसेल खोपको दोस्रो मात्रा लगाइरहेकाले त्यो अभियानमा पहिलो खोप लगाएकाहरू मात्रै सहभागी हुन अनुरोध गर्नुभयो । यसबेला पहिलो डोज खोप लगाएमा मन्त्रालयले दोस्रो डोजको मात्रा व्यवस्था गर्न नसक्ने भन्दै उहाँले यस अघि नलगाएकालाई नलगाउन र नलगाइदिन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah