काठमाडौं– नेकपा एमालेको स्थायी समिति बैठक लगतै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

दिउँसो २ बजे स्थायी कमिटी सकिएलगतै साढे २ बजे बालुवाटारमै मन्त्रिपरिषद बैठक बोलाएको श्रम मन्त्री गौरशंकर चौधरीले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने बुझिएको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गतेसम्म बजेट ल्याईसक्नुपर्ने व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट ल्याउनुअघि विश्वासको मत लिने तयारी गरेका छन्। त्यसैले अहिलेसम्म बजेट अधिवेशन बोलाएको छैन्।

ओलीले विश्वासको मत पाउँने सम्भावना लगभग टरिसकेकाले अध्यादेशबाट बजेट आउने भएकाले बजेट अधिवेसन नबोलाएको मन्त्रीहरुले बताउने गरेका छन्।