झापामा एकसाताका लागि निषेधाज्ञा लम्बिएको छ । पुर्ण निषेधाज्ञालाई एकसाता निरन्तरता दिने निर्णय भएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १४ गते मध्याराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय भएको पाईको हो ।

बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ । ती सामानहरू व्यवसायीले बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य सङ्घको सहकार्यमा घर-घरमा पुर्‍याइसक्नु पर्ने हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड