प्रधानमन्त्री केपी शर्मा ओलीले कि त वैकल्पिक सरकार बनाउन कि आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन दलहरूलाई आह्वान गरेका छन् ।

शुक्रवार सम्पादकहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आज दिनभरको समय रहेकाले सरकार बनाउन विपक्षी दलहरूलाई चुनौती दिएका हुन् ।

आज दिनभरीमा सरकार बनाउन नसक्ने हो भने आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन उनको आह्वान छ ।

‘दिनभरी समय छ । गए भो नि, वैकल्पिक सरकार बनाए भो नि । म फेरि पनि आग्रह गर्छु- वैकल्पिक सरकार बनाउनुस् । सधैँको किचकिच होइन, सहयोगी भावनाका प्रतिपक्षमा बस्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘सक्नुहुन्न भने मलाई समर्थन गर्नुस् । कसले विघटन गर्छ संसद् ? मलाई समर्थन गर्नुस् । सबै सहभागी हौं यो महामारीका बेला । हामी सबै मिलेर कोभिड १९ का विरुद्ध एकजुट हौं। तपाईंहरू आउनुस् ।’

उनले आज बिहान मात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेर आफूले कि त वैकल्पिक सरकार दिन कि आफ्नो सरकारमा सहभागी हुन आह्वान गरेको उनले बताए ।

‘शेरबहादुर देउवालई बिहान फोन गरेर कुरा गरें । सरकार बनाउनुस्, प्रतिपक्षमा बसेर शान्त र सहयोगी भूमिकामा रहन्छौं,’ देउवालाई आफूले फोनमा भनेको कुरा उद्धृत गर्दै ओलीले भने, ‘होइन भने आउनुस्, मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं । राष्ट्रिय राजनीतिलाई विभाजनको बाटोमा लाने बाटोमा मात्र नलाग्नुस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah