काठमाण्डाै – उपप्रधानमन्त्री तथा कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक ईश्वर पोखरेलले छिमेकी देश भारत र चीनबाट नेपालमा अक्सिजन प्राप्त हुन थालेको बताउनुभएको छ ।

शुक्रवार काठमाण्डाै महानगरपालिकाको सहयोगमा राधास्वामी सत्सङ्ग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा सामाखुशीमा स्थापना भएको थेरापीसहितको अक्सिजन केन्द्रको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी देश भारत र चीनलगायतका देशबाट अक्सिजनलगायतका स्वास्थ्य सामग्री प्राप्त हुन थालेको बताउनुभएको हो । उहाँले अक्सिजन र खाेपका लागि जतिसुकै बजेट लागे पनि, जुनकुनै प्रक्रियाबाट भए पनि ल्याउने र जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अक्सिजन र भ्याक्सिनका लागि जीटुजीबाट लिए पनि, बीटुबीबाट लिए पनि, जुनसुकै तरिकाबाट लिए पनि नागरिककाे स्वास्थ्य रक्षा गर्ने पहिलो कुरा हो । त्यसमा जतिसुकै बजेट लागोस् । जहाँसुकै भन्नु परोस् । सरकारको प्राथमिकता हो । अक्सिजन छिमेकी देश भारत सरकारबाट, भारत सरकारका प्रधानमन्त्रीसँग कुराकानी गरेर अहिले प्राप्त हुन थालेको छ । चीनबाट पनि अक्सिजन भरिएका सिलिन्डर हामीले प्राप्त गर्न थालेका छौँ । निजी क्षेत्रलाई पनि ल्याउनका लागि जसरी सहजता हुन्छ त्यो सहज गराउन कोसिस गरिन्छ ।’

उपप्रधानमन्त्री पोखरेलले विभिन्न विदेशी देशबाट स्वास्थ्य सामग्री सहयोग आएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकताका आधारमा वितरण गर्ने बताउनुभयो । काठमाण्डाैकाे सामाखुशीमा काठमाण्डाै महानरपालिकाको आर्थिक सहयोगमा राधास्वामी सत्सङ्ग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा ८८ बेडको थेरापीसहितको अक्सिजन केन्द्रको स्थापना गरिएको छ ।

अक्सिजन केन्द्रले अस्पतालमा अक्सिजनको अभावमा रहेका बिरामीलाई बचाउनका निम्ति काम गर्ने नेपाली सेनाका महासेनानी डाक्टर सुमनलाल डंगोलले बताउनुभयो । केन्द्रमा अरू स्वास्थ्य अवस्था ठिक भएका तर अक्सिजन चाहिने बिरामीलाई अस्पतालले रिफर गरेअनुसार थेरापीमार्फत अक्सिजन दिइने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah