७ जेठ, काठमाडाैं । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर फर्किएका छन्। उनले शीतलनिवासमा करिब एक घण्टा लामो छलफल गरेका छन्।

राष्ट्रपतिसँग के विषयमा छलफल भयो भन्ने यकिन भएको छैन। विपक्षी गठबन्धन प्रधानमन्त्रीको दाबी गर्न पुग्नुअघि नै प्रधानमन्त्री ओली शीतलनिवास छिरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरु भने राष्ट्रपतिलाई कुरेर बसिरहेका छन्। नेपाल बहस बाट साभार