नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मध्यावधि निर्वाचनको मिति घोषणा कोरोना महामारीमा जनतालाई निर्मम उपहार भएको टिप्पणी गरेका छन् ।्

प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको मिति घोषणा भएपश्चात प्रवक्ता शर्माले मध्यरातमै ट्वीट गर्दै यसमा आफूहरूको जीत हुने दावी गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भनेका छन्, 'जनता पछि होइन अघि हुनेछन्,हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ ।'

उनले आफूहरूले संविधानलाई पुनर्जीवन दिने समेत दावी गरेका छन् ।

यसअघि उनले संविधानको सामुहिक बलात्कारको दुष्परिणाम राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई महंगो पर्ने बताएका छन् ।

https://twitter.com/bishwaprakash77/status/1395818670799028226?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1395818670799028226%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F144787%2F2021%2F5%2F22%2Fmain-news%2Fbishwo-prakash-