काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि बैठक बोलाएका छन्।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजे बस्ने गरि एमाले स्थायी कमिटिको बैठक बोलाएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारवाहीको निर्णय हुन सक्ने जनाइएको छ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरि आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावको घोषणा गरेकी छन्।

नेपाल पक्षले यसको विरोध गरेको छ। सो पक्ष नेपाली कांग्रेससहितका विपक्षी दलसँग मिलेर विघटन विरुद्ध रणनीति बनाउने तयारीमा रहेका बेला ओलीले स्थायी कमिटि बैठक बोलाएका हुन्।